दुई दशक पछि बंगलादेशमा शक्तिशाली आँधी आउँदै, 'माेखा आँधी' वाट बचाउन ५ लाखलाई सुरक्षित स्थानमा — OSNepal

दुई दशक पछि बंगलादेशमा शक्तिशाली आँधी आउँदै, ‘माेखा आँधी’ वाट बचाउन ५ लाखलाई सुरक्षित स्थानमा

LC (KTM) May 14, 2023 0

ढाका, ३१ बैशाख  । अकल्पनिय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बंगलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको  ‘मोखा’ नामक चक्रवातले बिवंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वस‌वाट बचाउनका लागि बंगलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको ट । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ ।

प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आंकलन गरी सो शिविरहरु निमार्ण गरिएको हो । सो आँधी आइतवार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि बढने मौसमबिद्धहरुले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिबिरमा बसोबास गरिरहेका छन ।

हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीवाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ  । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।

बंगलादेशले दुई दशक पछि आईरहेको सबै भन्दा शक्तिशाली आँधीको रुपमा मोखालाई लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर