मकवानपुरमा जारी निषेधाज्ञा एक साताका लागि थपियो — OSNepal

मकवानपुरमा जारी निषेधाज्ञा एक साताका लागि थपियो

LC (KTM) July 15, 2021 0

वाग्मती, ३१ असार- मकवानपुरमा जारी रहेको निषेधाज्ञा थप एक साता थप गर्ने निर्णय भएको छ । बिहीबार जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रको बैठकले आगामी साउन ७ गतेसम्मका लागि थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

खाद्यन्न पसल बिहान ११ बजेसम्म भने गैर खाद्यान्न पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । सार्वजनिक सवारी साधनमा भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअ पाण्डेले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर