पानी सर्किएर २४ वर्षीय अर्पणको ठाँउको ठाँउ ज्यान गयो, परिवारमा रुवाबासी — OSNepal

पानी सर्किएर २४ वर्षीय अर्पणको ठाँउको ठाँउ ज्यान गयो, परिवारमा रुवाबासी

LC (KTM) July 15, 2021 0

सुरुङ्गा, ३१ असार – पानी सर्किएर र करेन्ट लागेर झापामा आज एकैदिन दुई जनाको मृ त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृ त्यु भएको हो भने मेचीनगर–३ सिर्जना बस्ती निवासी ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृ त्यु भएको हो ।

आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा पानी सर्किएर बेहोस भएका श्रेष्ठको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ । यता आज दिउँसो मेचीनगर–३ स्थित गङ्गटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा किसानको करेन्ट लागेर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर