छिटो विश्वासको मत नलिए देउवालाई गाह्रो पर्ला भन्दै कुर्लिए एमालेका यि शेरबहादुर — OSNepal

छिटो विश्वासको मत नलिए देउवालाई गाह्रो पर्ला भन्दै कुर्लिए एमालेका यि शेरबहादुर

LC (KTM) July 15, 2021 0

काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत लिन ढिलो गरेमा लामो समय सरकारमा बस्न नपाउने भन्दै ब्यग्य गरेका छन् । काठमाडौँको एक कायृक्रममा बोल्दै पूर्व मन्त्री तामाङले भने जतिसक्दो छिटो विश्वासको मत लिनुहोस् नत्र गाह्रो पर्ला है । उनले आफ्नो पार्टी छिट्टै मिल्ने तरखरमा रहेका कारण एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारेका हुन् ।

नेता तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदैपनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनु दुर्भाग्य भएको बताए । उनले एमालेभित्रको आन्तरिक जीवनमा केही खटपट सिर्जना भएको र अहिले आफूहरुबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास भैरहेको पनि सुनाए । नेता तामागंले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनको लागि भोट हाल्नेहरुलाई बाटो खुल्ला रहेको पनि सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर