गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त — OSNepal

गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त

LC (KTM) May 12, 2023 0

पोखरा, २९ वैशाख-गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् ।

प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि प्रदेश सरकारले नयाँ नियुक्ति प्रक्रिया थालेकोमा शर्मालाई नियुक्त गरिएको हो ।

गुरुङ स्वतः पदमुक्त भएको करिब २ महिनापछि पुस ६ गते सरकारले सदस्य सचिव पदका लागि दरखास्त आह्वान गरेको थियो । तर पटक-पटकको दरखास्त आह्वान विवादित बन्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर