फिल्म मिमीमा गर्भवतीको भुमीकामा देखिन लागेकी कृति सेनन्ले यसरी बढाईन् १५ केजी तौल — OSNepal

फिल्म मिमीमा गर्भवतीको भुमीकामा देखिन लागेकी कृति सेनन्ले यसरी बढाईन् १५ केजी तौल

LC (KTM) July 15, 2021 0

बलिउड अभिनेत्री कृति सेनन चाँडै नै फिल्म मिमीमा देखदिै छिन् । यस फिल्ममा कृति एक यस्तो केटीको भुमीकामा देखिदै छिन् जो एक अंग्रेज दम्पत्तिको सरोगेट बनेकी छिन् । मिमीको भुमीकामा देखिनका लागि उनले आफ्नो १५ किलो वजन बढाउनु परेको छ । कृतिले अब बताएकी छिन् कि कसरी उनले आफ्नो डाइट बदल्नु परेको थियो ।

भिडीयोमा कृतिले बताईन् आफ्नो अनुभव

कृति सेननले इन्ष्टाग्राममा एक बिहाइन्ड द सीन भिडीयो शेयर गरेकी छिन् । यस भिडीयोमा कृतिले आफ्नो फिल्म मिमीको बारेमा कुरा गरिरहेको देख्न सकिन्छ । उनी भन्छिन्– लक्ष्मण सर ( मिमीको निर्देशक) ले मलाई भनेका थिएकी मिमीमा तिम्रो अनुहार देखेर यो बिश्वास गर्न चाहान्छु कि तिमी साँच्चिके गर्भवती हौ ।

राम्रो मेटाबोलिज्म हुन तथा नर्मल जिन्दगीमा बर्गर तथा पिज्जा खाईरहने कारण मेरो लागि वजन बढाउन चुनौतीको बिषय थियो । एउटा यस्तो समय थियो मलाई लाग्थ्यो कि म यो गर्न सक्दिन । भिडीयोमा कृति सेनन धेरै खाना खाईरहेको देख्न सकिन्छ । निर्देशक लक्ष्मण उतेकरका अनुसार कृति लाई सबैले केही न केही खुवाई रहन्थे ।

कृति सेनन्ले सेटमा रहँदा रसगुल्ला, बर्गर, चकलेट तथा अन्य धेरै चिजहरु खाईरहने बताएकी छिन् । फिल्म मिमी ३० जुलाईमा नेटफ्लिक्स र जिओ सिनेमामा रिलीज हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर