जातिय विभेद गरेको भन्दै पुर्व मन्त्री श्रेष्ठविरुद्ध परेको रिटको अनुसन्धान अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश — OSNepal

जातिय विभेद गरेको भन्दै पुर्व मन्त्री श्रेष्ठविरुद्ध परेको रिटको अनुसन्धान अघि बढाउन सर्वोच्चको अन्तरिम आदेश

LC (KTM) July 15, 2021 0

काठमाडौं ३१ असार । पुर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ विरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेको अभियोग लागेका पुर्वमन्त्री श्रेष्ठ विरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो । रिट निवेदक रुपा सुनारले दिएको जाहेरीको आधारमा आज बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको छ ।

‘निवेदिका रुपा सुनारले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगी भन्ने मिसिलबाट देखिएको र उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले निज कृष्णगोपाल श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउनु’ सर्वोच्चको आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर