प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमित भेटिए , मोरंग र झापामा घटे संक्रमित, सबैभन्दा कम संखुवासभा र तेह्रथुममा — OSNepal

प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमित भेटिए , मोरंग र झापामा घटे संक्रमित, सबैभन्दा कम संखुवासभा र तेह्रथुममा

LC (KTM) July 15, 2021 0

प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् ।

१ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा ३–३, भोजपुरमा २, संखुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ६१, बेलबारीमा २२, मिक्लाजुङ, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, केराबारीमा २, उर्लाबारी, सुनबर्षी, ग्रामथान र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा २७, विर्तामोडमा २५, भद्रपुरमा १४, मेचीनगरमा ९, कनकाईमा ८, अर्जुनधारामा ७, शिवसताक्षीमा ३, कमल गाउँपालिका, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण भएको छ ।

सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३–३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १ जनामा कोरोना देखिएको छ । इलामको इलाम नगरपालिका, सुर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१ जनामा देखिएको छ ।

संखुवासभाको खाँदबारीमा १, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४६० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर