श्रीलङ्काका ३६ प्रतिशतले लगाए कोरोनाको पहिलो खोप — OSNepal

श्रीलङ्काका ३६ प्रतिशतले लगाए कोरोनाको पहिलो खोप

LC (KTM) July 15, 2021 0

कोलम्बो, ३१ असार-श्रीलङ्काका ३० बर्षमाथीका कुल मानिस मध्ये ३६ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् ।देशको स्वास्थ्य प्रवद्र्धन विभागले उनीहरुले कम्तीमा एउटा खोप लगाएको विवरण बिहीबार सार्वजनिक गरेको हो ।

विभागले कोरोनाभाइरसको महामारीबाट सवैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ । ती मध्ये २५ प्रतिशतले दुवै खोप प्राप्त गरिसकेको पनि विभागले जानकारी दिएको छ ।“देशको पश्चिमी प्रान्तको गाम्पाहा जिल्लामा ६६ प्रतिशतले कम्तीमा एउटा खोप पाएका छन् भने ती मध्ये २१ प्रतिशतले दुवै खोप लगाएका छन्” एक अधिकारीले भने ।

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षले देशमा बस्ने र खोप लगाउन मिल्ने सवैलाई खोप लगाउने अभियान चलाइएको जानकारी दिनुभएको छ । आगामी सेप्टेम्बर अगाडिसम्ममा खोप लगाउन योग्य सवैलाई खोप लगाइसक्ने योजना बनाइएको र त्यसका लागि विषेश संयन्त्र समेत परिचालन गरिएको उहाँले बताउनुभयो । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर