पदभार ग्रहण गरे लगत्तै नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ठुलो निर्णय गरेका छन् । उनले अक्सिजन प्लाण्ट जडानका लागि बिभन्न अस्सपताललाई ५ करोड भन्दा माथि रकम छुट्याएका छन् ।उनले भेरी अस्पताल बाँके , डडेल्धुरा अस्पताल डडेल्धुरा, र पाटन स्वास्थय विज्ञान प्रतिष्ठान ललितपुरमा आवश्यक बजेट व्यवस्था गर्ने निर्णय गरेका हुन् ।
अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि ३ वटा अस्पताललाई ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका हुन्। उनले कोरोनालाई मध्यनजर गर्दै आगामी बजेट ल्याईने समेत बताए । कोरोनाबाट थलिएको अर्थतन्त्रलाई उकास्ने गरिको बजेट ल्याइने समेत उनले जानकारी दिए ।