प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु,१५ वटा क्लबको सहभागिता — OSNepal

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु,१५ वटा क्लबको सहभागिता

LC (KTM) May 11, 2023 0

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले उद्घाटन गर्नुभएको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा १५ वटा क्लबको सहभागिता रहेको छ ।

नेपालमा टेनिस खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यका आयोजित उक्त प्रतियागिता जेठ ५ गतेसम्म जङ्गीअडस्थित टेनिस कोर्ट तथा दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा खुलातर्फ पुरुष एकल, महिला एकल र मिक्स युगल, भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल र युगल, ४५ वर्षमाथि एकल र युगल, ५५ वर्षमाथि एकल र युगल, ६५ र ७० वर्षमाथि एकल तथा इन्टर गभरमेन्टलतर्फ पुरुष एकल र युगल विधाहरू समावेश गरिएको छ ।

विसं २०६८ बाट मकवानपुर टेनिस सङ्घको प्राविधिक सहयोग र नेपाली सेनाको आयोजनामा हेटौँडामा सञ्चालन हुँदै आइरहेको सामरी स्ल्याम टेनिस प्रतियोगिताले कोभिड–१९ महामारीलगायतका कारण निरन्तरता पाउन नसकेको हुँदा प्रतियोगितालाई निरन्तरता दिँदै अझ बृहद् र परिस्कृतरूपमा सञ्चालन गर्न यो प्रतियोगिता सुरु गरिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर