काठमाडौंको नयाँ बसपार्कबाट अवैध लागुऔषध खैरो हिरोइन सहित दूई जना पक्राउ — OSNepal

काठमाडौंको नयाँ बसपार्कबाट अवैध लागुऔषध खैरो हिरोइन सहित दूई जना पक्राउ

LC (KTM) July 15, 2021 0

काठमाडौँ ३१ असार । अवैध लागु औषध खैरो हिरोइन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका १ का विपिन चेम्जोङ र सोही नगरपालिका ११ का देउमान चेम्जोङ रहेका छन् ।

निजहरुलाई लागुऔषध पनियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । निजहरुको साथमा बाट २८ ग्राम खैरो हिरोइन बरामत गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागु औषध ऐन २०३३ अनसार अदालतबा म्याद लिएर ब्युरोले अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर