नेपालमा पछिल्लो २४ घण्टामा २,६७६ जनामा कोरोना पुष्टि, कति जनाले जिते कोरोना ? — OSNepal

नेपालमा पछिल्लो २४ घण्टामा २,६७६ जनामा कोरोना पुष्टि, कति जनाले जिते कोरोना ?

LC (KTM) July 15, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । त्यस्तै सोही अबधीमा १७५७ जनाले कोरोना जितका छन् ।

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् । यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ ।हाल निको हुने दर ९४।६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर