पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध,गाडी बीच बाटोमै रोकिए — OSNepal

पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध,गाडी बीच बाटोमै रोकिए

LC (KTM) July 15, 2021 0

अर्घाखाँची, ३१ असार- अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ । शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताउनुभयो ।

दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन् । सडक सुचारु गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर