काठमाडौं–अब विदेशबाट आउनेले २ वटा मोबाइल ल्याउन पाउने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आउने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने गरि नियमावली संशोधन गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट आउनेका साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको जानकारी गराइन् ।
यसअघि विदेशबाट आउनेलाई आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउँथे। उक्त व्यवस्था अनुसार विमानस्थल भन्सार कार्यालयले कयौं मोबाइल जफत गर्ने गरेको थियो। सो अनुसार आज बैठकले यस्तो निर्णय गरेको हो ।