काठमाडौं ३१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको बैठक बोलाएका छन् ।
भोली दिउँसो नयाँ बानेश्वर संसद् भवनको ल्होत्से हलमा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । आफ्नो सरकार ढलेपछि पुर्नस्थापित संसदको एमालेको यो पहिलो संसदीय दलको बैठक हो ।
अब एमालेले संसदमा कस्तो भुमिका खेल्ने हो भन्दै छलफल गर्न बैठक बस्न लागेको हो । सरकारको तर्फबाट साउन ३ गते संसदको बैठक बोलाएपछि एमालेले भोली संसदीय दलको बैठक बोलाएको हो ।