क्रिकेटर सन्दीपको शल्यक्रिया गरियो, कहिलेसम्म आराम गर्छन् ? — OSNepal

क्रिकेटर सन्दीपको शल्यक्रिया गरियो, कहिलेसम्म आराम गर्छन् ?

LC (KTM) May 09, 2023 0

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने आज शल्यक्रिया गराएका छन् । काठमाडौंको नेपाल नेसनल अस्पतालमा उनको महत्वपूर्ण शल्यक्रिया भएको बताइएको छ । नेपाल क्रिकेट संघका मेडिकल काअर्डिनेटर अभिषेकराज सिंहका अनुसार सन्दीपको शरीरमा रहेका ६ वटा लाइपोमाहरू सर्जरी गरी निकालिएको छ ।

अब उनी दुई हप्तापछि मैदान फर्किन सक्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनी भोली डिस्चार्ज हुनेछन् । एक वर्षयता उनलाई दुखाईले चाप्दै लगे पनि पेनकिलर खाएर दुखाईको सामना गर्दै आएका थिए  ।

डाक्टरले पहिल्यै शल्यक्रियाका लागि सल्लाह दिए पनि व्यस्त क्रिकेट सेड्यूलका कारण ढिलाइ भएको थियो । अहिले केही दिन खाली भएको बेला उनले शल्यक्रिया गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर