देशभर आजबाट आन्तरिक उडान अनिश्चितकालका लागि बन्द — OSNepal

देशभर आजबाट आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

LC (KTM) May 14, 2021 0

१२ दिनका लागि बन्द गरिएको आन्तरिक उडानको समयसिमा बिहिबारबाट सकिएको छ । तर कोरोनाको दोस्रो लहरको संक्रमण झन् आक्रमक रुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरिएको छ ।

कोरोना भाइरस संक्रमणको कारण देखाउँदै प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएको हो ।

सरकारले यसअघि दोस्रो लहरको कोरोना संक्रमणको चेन ब्रेक गर्न सीसीएमसी निर्देशक समितिको सिफारिसमा वैशाख २० देखि वैशाख ३१ गते मध्यरातिसम्म १२ दिनका लागि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

तर, प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्दार, कार्गो तथा हेलिकप्टर चार्टर्डलाई परिस्थितिअनुसार अनुमति दिइने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर