एजेन्सी – अभिनेत्री एम्बर हर्ड हलिउडलाई छाडेर छोरी ओनाघ पाइगेसँग स्पेनको म्याड्रिडमा बसाइ सरेकी छन् । डेली मेलका अनुसार उनी निजी जीवनमा केही वर्षको उथलपुथलपछि हलिउड नै छाडेर स्पेन बसाइ सरेकी हुन् ।
गत वर्ष भर्जिनिया अदालतमा पूर्वपति डीपसँगको बहुचर्चित मुद्दा हारेपछि सार्वजनिक जीवनबाट गुमनामजस्तै बनेकी हर्ड स्पेनी भाषा राम्रोसँग बोल्ने उनी त्यहा खुशी साथ रहेको बताइएको छ ।
उनी छोरीलाई सबै हल्लाबाट शान्तपूर्वक हुर्काउँदै बसेको बताइएको छ ।अभिनेत्रीले अमेरिकाको क्यालिफोर्नियाको युक्का भ्यालीमा रहेको घरलाई १।१ मिलियन डलरमा बिक्री गरेर र्वजनिक नजरबाट टाढा शान्त जीवन बिताउन खोजेर उता गएको बताइएको छ ।