नयाँ दिल्ली ३१ असार-भारतमा कोरोनाबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा अहिले पनि कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ३२ हजार ४१ रहेको अधिकारीले जनाएका छन् ।
पछिल्लो एक दिनमा कोरोनाका कारण थप ५८१ जनाको मृ त्यु भएको पनि मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड नौ लाख ८७ हजार ८८० पुगेको छ भने तीमध्ये तीन करोड एक लाख ४३ हजार ८५० जना सङ्क्रमणमुक्त भएका छन् ।
कोरोनाभाइरसबाट मृ त्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ९८९ पुगेको मन्त्रालयले जनाएको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ८० लाख ११ हजार ९५८ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ४३ हजार ४८८ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ ।त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड १३ लाख ४० हजार ४९१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३४ लाख ९७ हजार ५८ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ । (रासस÷एएनआई)