लेनदेनको विषयलाई लिएर रामबाबु र यादबको लडाइ हुँदा भाग्ने क्रममा लाग्यो करेन्ट , अकालकै ज्यान गुमाए धनीले — OSNepal

लेनदेनको विषयलाई लिएर रामबाबु र यादबको लडाइ हुँदा भाग्ने क्रममा लाग्यो करेन्ट , अकालकै ज्यान गुमाए धनीले

LC (KTM) July 15, 2021 0

काठमाडौं, ३१ असार- धनुषा, धनुषाधाम नगरपालिका(७ बस्ने २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिट गरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय राम जिवन यादव भाग्ने क्रममा सोही ठाउँ बस्ने राम बहादुर मण्डलले आफ्नो भेण्टाबारीमा जङगली बँदेलबाट बचाउनको लागि नाङगो तारले कम्पाउण्ड घेरी करेन्ट छोडेको तारमा परेर घाइते भएका धनीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका राम जिवन र १७ वर्षीय राजु कुमार साहको राम जानकी अस्पतलामा उपचार भइरेहको छ । साथै करेन्ट छोडने राम बहादुर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, कैलारी गाउँपालिका(२ बस्ने २० वर्षीया रामपती चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर