कराँची, पाकिस्तान, ३१ असार – पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहनुभएका उहाँको ८० वर्षको उमेरमा निधन भएको हो । पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो । उहाँपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ आँै पाकिस्तानी राष्ट्रपति रूपमा काम गर्नुभएको थियो ।
गत वर्ष फेब्रुअरीमा उहाँलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उहाँलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उहाँको उपचारका क्रममा निधन भएको हो । हुसेनका श्रीमती र तीन छोरा छन् ।राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गर्नुभएको छ । उहाँले उहाँको परिवारको पीडा पनि साझा बताउनु भएको छ ।पीएमएल–एनका राष्ट्रपति शहबाज शरीफले पनि हुसेनको मृत्युमा दुःख व्यक्त गर्नुभएको छ । उहाँको शोक सन्देशमा भनिएको छ, “हामीले अहिले पाकिस्तानलाई माया गर्ने एक असल व्यक्तित्वलाई गुमाएका छौँ ।”
त्यसैगरी पीएमएल–एन का अध्यक्ष सेहबाज शरीफ, पाकिस्तानी सेनापति कमार जावेद बाजवालगायत पाकिस्तानी उच्च पदस्थ अधिकारीले हुसेनको मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ ।अल्लाहले उहाँको आत्माको मुक्तिको लागि कामना गर्नुभएको छ साथै शोक सम्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उहाँको निधन पाकिस्तानको लागि अपूरणीय क्षति भएको उहाँहरूले बताउनुभएको छ । “अल्लाहले उहाँको आत्मालाई आशिष् दिऊन् र शोक सन्तप्त परिवारजनमा यो अपूरणीय क्षतिलाई सहनको लागि बल दिऊन्,” बाजवालाई उद्धृत गरी आईएसपीआरले लेखेको छ । (रासस÷एएनआई)