काठमाडौँ । नायिका वर्षा राउतले निराशावनक स्टाटस लेखेपछि उनको वैबाहिक जिवनमा उतार चढाव आउन लागेको त हैन भन्दै धेरैले शंका गरे । मिडियामा अनेकथरी अड्कलबाजीका समाचारहरु आए । वर्षा राउत र अभिनेता सन्जोग कोइरालाको सम्बन्धमा चिसो पना आउन लागेको भन्ने आशंकाका खबरहरु फैलिइरहेका बेला यो जोडी कलाकार रियाशा दाहालको विबाहमा उनलार्य बधाई तथा शुभकामना दिन हात नै समातेर पुगे ।
केही दिनअघि वर्षाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेका तीनवटा गम्भीर भावको पोस्टले फेरि उनीहरूको सम्बन्ध पुनः सङ्कटमा परेको अनुमान गरियो । उनले इन्स्टाग्राम ‘म ती व्यक्तिको वरपर रहँदा थकित भइसकेँ, जसले इमानदारिताको कुरा बुझ्दैनन्’ भनेर लेखेकी थिइन् । उनले सम्झौता धेरै भयो भन्दै सम्झौता शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो रु’ भनेर प्रश्न समेत उठाएसँगै उनको सम्बन्ध माथि शंका जन्माउनेहरुका लागि वर्षाले सँगै संजोगसँग हात समातेर रियाशाको विबाहमा पुगेर सबैलाई उत्तर दिएकी छिन् ।
उनीहरु विबाह समारोहमा बेहुली रियाशालाई बधाई मात्रै दिइरहेका थिएनन् खुशी नै देखिएर तस्विर समेत खिचाएका थिए । तस्विर खिचाएको यो जोडीले ग्यालरीमा मात्रै राखेन । सन्जोगले वर्षासँगको प्रेमिल भावमा खिचेका तस्बिर समेत फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘तिमी र म । अर्काको बिहेमा । खाना खोज्दै, रमाउँदै । यो तस्विरसँगै के संजोगले बजारको चर्चालाई मत्थर बनाउन वर्षासँगको प्रेमिल भावमा खिचेका तस्बिर पोस्ट्याएका हुन् ? हो भने त्यो खुशीको कुरा हो । उनीहरु र फिल्मी दुनिया अनि दर्शकका लागि पनि ।