कुवेतले भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ साफले बुधबार कुवेतले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जानकारी दिएको छ । साफ च्याम्पियनसिप आउने असारमा हुन गईरहेको छ ।
साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो । फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् ।
अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।