पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा — OSNepal

पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा

LC (KTM) July 15, 2021 0

काठमाडौँ, ३१ असार – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख निकासा भएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको होे । यही असार १३ गते प्राविधिकको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो । असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर