नेपालले एसीसी प्रिमियर कप जिते संगै सरकारले क्रिकेटको क्षेत्रमा महत्वपुर्ण निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले विजेता राष्ट्रिय क्रिकेट टिमलाई जनही ६ लाख रुपैयाँ दिने समेत निर्णय गरेको छ । उपाधि विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङले परिषद्को सिफारिसमा खेलाडी र मुख्य प्रशिक्षकलाई ६ लाख नगद सहित सम्मान गर्ने निर्णय भएको जानकारी दिए । उनले खेलाडी र मुख्य प्रशिक्षक बाहेक अन्य अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको बताएका छन् ।