आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी इलाममा वडासदस्यको मृ त्यु — OSNepal

आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परी इलाममा वडासदस्यको मृ त्यु

LC (KTM) July 15, 2021 0

मङ्गलबारे, ३१ असार-मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृ त्यु भएको छ । बुधबार साँझ दुर्घटनामा पर्नुभएका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृ त्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा पर्नुभएको हो । आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उहाँको टाउकोमा चोट देखिएको थियो ।

सख्त घाइते हुनुभएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि उहाँलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । शव हाल बिएण्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर