लामो दूरीका यातायात खुला गर्ने तयारीबारे छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै — OSNepal

लामो दूरीका यातायात खुला गर्ने तयारीबारे छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै

LC (KTM) July 15, 2021 0

काठमाडौं – कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा विस्तारै खुकुलो बनाउँदै लैजान थालिएको छ ।

यसैबिच काठमाडौँ उपत्यका आवतजावत गर्ने सवारी साधन खुला गर्ने विषयमा छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । आज राति १२ बजेबाट सकिने भएकोले यसबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा जोर(बिजोर प्रणालीमा लामो दूरीका यातायात खुला गर्नेबारे छलफल हुनेछ । हाल काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारीसाधन चलिरहेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै लामो दूरीका यातायात खुला गर्ने तयारी गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर