गायिका देविका बन्दनाको क्यान्सर संगको यस्तो छ संघर्षपुर्ण लडाई — OSNepal

गायिका देविका बन्दनाको क्यान्सर संगको यस्तो छ संघर्षपुर्ण लडाई

LC (KTM) May 02, 2023 0

हार्नेको आँसो आँसो जित्नेको हाँसो हाँसो, यस्तै रहेछ यहाँको चलन । यो गित नसुनेका स्रोता कमै होलान् । गितले भने जस्तै एउटा कहाली लाग्दो आँसुको सागरलाई जित्दै आफ्नो अनुहारमा हाँसो ल्याउन सफल भएकी छिन् यसै गितको गायिका देविका बन्दना । क्यान्सर जस्तो तेस्रो स्टेजलाई परास्त गर्दै नयाँ जिवन पाएकी गायिका देविकाले आफ्नो क्यान्सर संगको जितलाई समेटेर तयार पारेको जित्नेको हाँसो अर्थात अंग्रेजी संस्करण विर्नस गेल पुस्तक सार्वजनिक गरेकि छिन् ।

करिबन १ हजार भन्दा बढी गित गाईसकेकी देविकाले आफ्नो कथा समेटिएको पुस्तकले क्यान्सरका अन्य पीडितहरुलाई प्रेरणा मिल्ने समेत बताएकी छिन् । उनले आफ्नै अफिसियल युटुबमा एउटा सुन्दर भिडियो सार्वजनिक गर्दै भनेकि छिन्– म गायिका देविका बन्दना, आज म मेरो बाँच्ने कथा साझा गर्दैछु। मलाई लगभग दुई वर्ष पहिले स्तन क्यान्सर स्टेज ३ भएको पत्ता लागेको थियो। यो भिडियोले क्यान्सरसँगको मेरो कठिन लडाइँ र मैले यसलाई कसरी जितेको छु भनेर प्रकाश पारेको छ।

यो सबै कोरोना महामारीको डरलाग्दो प्रयासको समयमा भयो। मेरो जितको कथा विनरको गेल अंग्रेजी र जित्नेको हाँसो नेपाली पुस्तकमा सुन्दर ढंगले समेटिएको छ। म मेरो कथा मेरा प्रिय दर्शकहरू, प्रशंसकहरू, शुभचिन्तकहरू, साथीहरू र परिवारसँग साझा गर्न पाउँदा उत्साहित छु। मलाई आशा छ कि यो भिडियोले क्यान्सरका अन्य पीडितहरूलाई सशक्त र प्रेरित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर