सरकारबाट बाहिरीए लगत्तै ओलीले दिए माधव नेपाललाई अहिलेसम्मकै कडा झड्का, अब के गर्लान् माधवले ? — OSNepal

सरकारबाट बाहिरीए लगत्तै ओलीले दिए माधव नेपाललाई अहिलेसम्मकै कडा झड्का, अब के गर्लान् माधवले ?

LC (KTM) July 15, 2021 0

बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे । आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न नेतृत्वदायी भूमिका खेलेको भन्दै ओली नेपालप्रति क्रुद्ध छन् ।

उता नेपालको रिस पनि ओलीप्रति उस्तै छ । आफू नेतृत्वको सरकार ढलेकोमा असन्तुष्ट बनेर ओलीले बहिष्कार गरेको नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ कार्यक्रममा नेपाल सहभागि भए । संविधानको धारा उल्लेख नगरी देउवालाई शपथ गराउन खोजेको भन्दै राष्ट्रपति कार्यालयमा विरोध जनाए र सबैभन्दा पहिले देउवालाई बधाई दिँदै खुशी प्रकट गरे । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा : केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीनपटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ ।

गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर