आज पनि ठूलो पानी पर्ने सम्भाबना, उच्च सर्तकता अपनाउन आग्रह — OSNepal

आज पनि ठूलो पानी पर्ने सम्भाबना, उच्च सर्तकता अपनाउन आग्रह

LC (KTM) July 15, 2021 0

काठमाण्डौ – आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पर्सि शनिवारदेखि देशैभरि मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ । सो अबधमिा उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता महाशाखाले आग्ह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर