काठमाडौं । निषेधाज्ञाका बीच काठमाडौ छोड्न चाहने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले समय उपलब्ध गराएको छ । काठमाडौको बसपार्क लगायतका क्षेत्रमा गन्तब्यमा जान नपाएर अलपत्र परेकाहरुलाई
गन्तब्यमा जान दिनका लागि शुक्रवार राति सम्मका लागि समय दिइएको छ ।
बसपार्क लगायत नाकाहरुमा सर्वसाधाण अलपत्र परेको देखिएपछि गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको । अलपत्र परेकाहरुलाई उद्दार स्वरुप सुविधा दिइएको हो ।
बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि बताइएको छ ।तेस्रो पटक थपिएको निषेधाज्ञा जेठ ३ सम्म लागू गरिएको छ ।