माधव नेपालको सुरक्षा बढाएर केपी ओलीको सुरक्षा घटाइयो — OSNepal

माधव नेपालको सुरक्षा बढाएर केपी ओलीको सुरक्षा घटाइयो

LC (KTM) July 15, 2021 0

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा कटौती गरिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने लगत्तै ओलीको सुरक्षामा कटौती गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षा बढाइएको छ ।

विपक्षी गठबन्धनमा लागेर नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन सक्रिय रहेको भन्दै ओलीनिकट समर्थकहरु नेपालप्रति आक्रोशित भएका बेला नेपालमाथि असुरक्षा बढाइएको हो ।

त्यस्तै मंगलबार प्रधानमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक ९डिएसपी० कोमलविक्रम शाहलाई खटाइएको छ । यसअघि पनि देउवा प्रधानमन्त्री बन्दा उनी नै सुरक्षामा तैनाथ थिए ।

प्रधानमन्त्री देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरीको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धानका ५ जना खटिनेछन् । यता, निर्वतमान प्रधानमन्त्री ओलीका ५ जना सशस्त्र प्रहरी र २ जना सुरक्षाकर्मी पाउने नियम भए पनि ओली सचिवालयले थप १५ जना सुरक्षाकर्मी माग गरेको भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर