पारिश्रमिक ५० प्रतिशत कटौती गरेर बार्सिलोनामै बस्ने भए मेस्सी — OSNepal

पारिश्रमिक ५० प्रतिशत कटौती गरेर बार्सिलोनामै बस्ने भए मेस्सी

LC (KTM) July 15, 2021 0

काठमाडौँ- स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनामै बस्ने भएका छन् ।बार्सिलोनामा बस्न मेस्सीले थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको बताइएको छ । समाचारमा जनाइए अनुसार मेस्सीको पारिश्रमिक ५० प्रतिशत कटौती हुने भएको छ ।

जुन ३० बाट फ्री एजेन्ट बनेका मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति समेत भएको पनि बताइएको छ । क्लबको एकेडेमीमा हुर्किएका अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् ।

मेस्सी जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।मेस्सी क्लबसँगको सम्झौता नवीकरण नगरी कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले कोपा समेत जितिसकेका छन् । ३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर