काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा महिनावारी सुकेको ५ वर्षपछि एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माउन सफल भएकी छिन् ।
नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन्। शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूव बेबी विशेषज्ञ डा। नूतन शर्माले बताइन्।बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको शर्माले बताइन् ।
महिलाको महिनावारी समेत सुकिसके र पाठेघरमा समेत मासु पलाएको थियो, जसको दुरबिनबाट गरिने शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आइभिएफ प्रविधिबाट उपचार गरिएको थियो। पछिल्लो ६ महिनामा नर्भिकमा आइभिएफ गरेकामध्ये गर्भाधारण गर्न सफल ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन्।