साबधान ! यस्ता रोग भएका ब्यक्तिले लगाउन हुदैन् कोरोनाको खोप — OSNepal

साबधान ! यस्ता रोग भएका ब्यक्तिले लगाउन हुदैन् कोरोनाको खोप

LC (KTM) July 15, 2021 0

काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने रु आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।

खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नुभयो अरू केही सोध्नुभएन अनि लगाइहाले ।’यो समाचार राजधानी दैनिकमा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया ९गम्भीर एलर्जी० भएको व्यक्तिले खोप लगाउन मिल्दैन । यस्तै, यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएको व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्दैन ।
– १८ वर्षभन्दा कम उमेर
– पहिलो मात्रा लगाएपछि गम्भीर एलर्जी भएमा
– उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल
– हाल ९खोप लगाउने समयमा० गम्भीर बिरामी भएको
– संक्रमणमुक्त भएको ३० दिनअघि
– खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया भएमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर