रेड पाण्डाको छाला र टल्कने ढुंगासहित नरबहादुर र डिलबहादुरलाई समात्न सफल भयो प्रहरी — OSNepal

रेड पाण्डाको छाला र टल्कने ढुंगासहित नरबहादुर र डिलबहादुरलाई समात्न सफल भयो प्रहरी

LC (KTM) July 15, 2021 0

दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रातो हाब्रे ९रेडपाण्डा०को छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा रातो हाब्रेको छाला बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट पुच्छरदेखि टाउँकासम्म दुई फिट १० इन्च लम्बाइ भएको नङ्ग्रासहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुङ्गा सानो ठूलो गरी ३२ वटा र मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर