बढ्यो लामो दूरीमा चल्ने सवारी साधनको भाडा — OSNepal

बढ्यो लामो दूरीमा चल्ने सवारी साधनको भाडा

LC (KTM) July 15, 2021 0

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा भुसालले बताउनुभयो । विसं २०७२ यता भाडादर बढाइएको थिएन । उहाँले भन्नुभयो, “सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर