नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै माधवकुमार नेपाल — OSNepal

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै माधवकुमार नेपाल

LC (KTM) July 15, 2021 0

काठमाडौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार नेपाल निवास कोटश्वरमा स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बरिष्ठ नेता माधवकुमार नेपाल ।

प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुररस्कार समर्पण समारोहमा उहाँले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा २१ प्रतिभालाई सम्मानित एवं पुरस्कृत गर्नुभएको हो ।

राष्ट्रपतिले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई कुलपति गङ्गाप्रसाद उप्रेतीमार्फत तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार पदवीबाट सम्मानित गर्नुभएको थियो । अस्वस्थताका कारण समारोहमा अनुपस्थित वाङलाई नगद पुरस्कार उहाँले उपलब्ध गराउनुभएको बैंक खातामा दाखिला गरिने छ भने सम्मानपत्र कुलपतिमार्फत वाङलाई हस्तान्तरण गरिने छ ।

राष्ट्रपति भण्डारीले भारतको आसामका साहित्यकार लीलबहादुर क्षेत्रीलाई कुलपतिमार्फत भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार अर्पण गर्नुभयो । क्षेत्री स्वास्थ्यका कारणले स्वयं उपस्थित हुन असमर्थ हुनुभएका कारण कुलपतिमार्फत उक्त पुरस्कार कअर्पण गरिएको हो । कुलपति उप्रेतीमार्फत परिस्थिति अनुकूल भएपछि क्षेत्रीलाई सम्मानपत्र हस्तान्तरण गरिने छ भने रु दुई लाख राशिको नगद पुरस्कार उहाँले उलब्ध गराउनुभएको बैंक खातामा दाखिला गरिने छ ।

यसैगरी पूर्वघोषित नेपाल प्रज्ञा अनुवाद पुरस्कारबाट प्रसिद्ध अनुवादक कृष्णप्रकाश श्रेष्ठ (श्रेष्ठ कोभिड–१९ का कारण गत चैत १६ गते निधन हुनुभएकाले उहाँका भाई साहित्यकार तेजप्रकाश श्रेष्ठ) लाई पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रपतिद्वारा समारोहमा प्रा डा वीरेन्द्रप्रसाद मिश्र नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार, प्रा डा तेजरत्न कंसाकार नेपाल प्रज्ञा भाषा पुरस्कार र हरिहर खनाल नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारद्वारा पुरस्कृत हुनुभएको थियो । यी पुरस्कारको राशि रु दुई÷दुई लाख रहेको छ । डा मिश्रले आफूले पाएको राशि प्रतिष्ठानमा दर्शनशास्त्र अध्ययन कोष स्थापनाका लागि फिर्ता गर्नुभयो ।

यसैगरी रविमान लम्जेललाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७८), पूर्णबहादुर वैद्य (पूर्ण वैद्य) लाई नेपाल प्रज्ञा मातृभाषा (नेपालभाषा) साहित्य पुरस्कार (हिमाली÷पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७), इन्द्रबहादुर गुरुङलाई नेपाल प्रज्ञा मातृभाषा (गुरुङ भाषा) साहित्य पुरस्कार (हिमाली÷पहाडी क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७८), चतुर्भुजलाल दास केवरत नेपाल प्रज्ञा मातृभाषा (केवरत भाषा) साहित्य पुरस्कार (तराई÷मधेश क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि–२०७७) र हंसावती कुर्मीलाई नेपाल प्रज्ञा मातृभाषा (अवधि भाषा) साहित्य पुरस्कार (तराई÷मधेश क्षेत्रमा बोलिने मातृभाषाका साहित्यतर्फ–२०७८)का लागि राष्ट्रपतिले पुरस्कृत गर्नुभएको छ ।

स्वास्थ्य समस्याका कारण रविमान लम्जेल समारोहमा उपस्थित हुनुभएको थिएन । यी प्रज्ञा पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर