टो-द्वन्द्वग्रस्त सुडानबाट शनिबार बिहान ४८ जना यात्रुहरू टोकियो पुगेका छन्।जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।शुक्रबारसम्म ६५ जना जापानी नागरिक र अन्य देशका नागरिकले पनि सुडान छाडेका छन् । ती मध्ये केही आफ्नै पहलमा जापान फर्किएको पनि मन्त्रालयले जनाएको छ ।
अप्रिलको मध्यमा सुडानी सेना र अर्धसैनिक र्याआपिड सपोर्ट फोर्सबीच भीषण झडप भएपछि असुरक्षाको अनुभूति गर्दै थुप्रै देशहरूले सुडानबाट आफ्ना नागरिकहरू फिर्ता बोलाएका छन् ।