काठमाडौँ ३० असार । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि नेकपाका नेत्रबिक्रम चन्द विप्तव पनि संकटमा परेको छ ।
आफ्नो तीन बुँदै माग सहित अोली सरकारसँग हातेमालो गरेको विप्लव आफ्नो माग पुरा नभई ओली सरकार ढलेपछि आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
आज अपरान्ह प्रचण्ड निवास पुगेका नेकपाका महासचिव नेत्रबिक्रम चन्दले आफ्ना कतिपय माग अझै पुरा नभएको भन्दै आफ्ना कार्यकर्ता रिहाइलगायत समसामियक राजनीतक विषयमा छलफल गर्न खुमलटार पुगेको बुझिएको छ ।
ओली सरकारकै पालामा भुमिगत भएको विप्लव ओली सरकारे समयमा खुला राजनीतिमा आएको थियो । तथापी आफ्नो माग पुरा गर्न पटक पटक बालुवाटार धाएपनि माग भने पुरा भएको थिएन ।
केहि समय अगाडी मात्रै बालुवाटार पुगी तोकिएको समयमा माग पुरा नभई यसको भार ओलीै उठाउन पर्छ भन्दै आक्रोश पोखेका थिए । तर ओली सरकार सर्वोच्चको परमादेशले ढलेको छ ।