काठमाडौँ ३० असार । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार दश लाख धरौटीमा रिहा भएका छन् ।
आज विशेष अदालत पुगेका गच्छदारलाई थुनछेक बहसपछि प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निणर्य गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादार सहित १७५ जनाविरुद्ध रिट दायर गरेको थियो ।