नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अफगानिस्तान फुटबल फेडेरेसनले बिहीबार अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ । नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक छाडेपछि उनी टिम विहीन अवस्थामा रहदै आएका थिए ।
अलमुताईरीले ५ सय २५ दिन नेपालको मुख्य प्रशिक्षकका रुपमा कार्य गरेका थिए । एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । उनले भदौ २६ गते राजीनामा दिएका थिए । कुवेती अलमुताईरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । उनकै प्रशिक्षणमा नेपालले फुटबलमा राम्रो लक्षण देखाएको थियो ।