काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्य काठमाडौं उपत्यकामा ४२५ जना रहेका छन ।
जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जना रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । त्यस्तै सोही अबधीमा १६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ रहेको छ ।