राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी — OSNepal

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १४ खेलाडी

LC (KTM) July 14, 2021 0

काठमाडौँ, ३० असार- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गर्नुभएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई रहनुभएको छ ।

बन्द प्रशिक्षणमा रहनुभएका खेलाडीमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको छ । साफ च्याम्पियनसीप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर