काठमाडौँ ३० असार । आज बुधबार पदबहाली गर्दै ऊर्जामन्त्री पम्फा भुसालले आफु काम गर्न सहज भएको बताएकी छन् । सिंहदरबारमा पद भार ग्रहण गर्दै भुसालले आफुसँग कुनै व्यक्तिगत स्वार्थ नभएकाले एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र भएको बताएकी छन् ।
म काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र हो ’ उनले भनिन् ।
पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् ।
‘काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र हो’ उनले भनिन् ।
बिजुली बत्ती बाल्नै नपाएकाहरुसम्म बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्ने र सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् ।