विजय थापा , डिसी । अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को अध्यक्ष पदमा जानुकी ओझा बस्नेत निर्वाचित भएकी छिन । अमेरिका नेपाल सहयोगी समाजको हालै सम्पन्न छैठौं साधारण सभाबाट जानुकी ओझा बस्नेतको अध्यक्षता गठित नया कार्य समितीको समेत गठन भएको छ ।
निर्वाचित भएता पनि नयाँ कार्यकारी समितिले आगामी मे १ ,२०२३ देखि नया कार्यसमितीले आफ्नो कार्यभार सम्हाल्ने अध्यक्ष कमल भट्टराईले ईनेप्लिजलाई बताए ।नया कार्यसमितीमा निम्न पदाधिकारीहरुमा क्रमस अध्यक्षः जानुकी ओझा बस्नेत, वरिष्ठ उपाध्यक्षः कामना पन्थी, उपाध्यक्षः प्रकाश सुवेदी, महासचिवः तनुजा पोख्रेल, सचिवः भुपाल पौड्याल, तथा कोषाध्यक्षमा बिष्णु न्यौपाने निर्वाचित भएका छन् ।
यसै गरि कार्यकारी सदस्यहरुमा क्रमस ध्रुव प्रसाद बराल, काशी खड्का, जगन्नाथ पौड्याल, प्रेमा रिजाल, राजु कार्की, कमल अधिकारी तथा माया अधिकारी निर्वाचित भएका छन् ।
अमेरिका नेपाल सहयोगी समाज अमेरिकाकै नेपाली समुदायको अत्यन्तै क्रियाशील तथा चर्चित संस्था हो । समुदायमा अत्यन्तै राम्रो सेवा गर्दै आएको यो संस्थाले विभिन्न कार्यक्रमहरु निरन्तर गरि रहेको छ ।सन् २०१५ मा नेपालमा गएको भूकम्पमा अद्वितीय भूमिका निर्वाह गरेको थियो । अमेरिकामै तीज कार्यक्रम सर्वाधिक रुपमा भब्य रुपमा स्थापना काल देखि नै मनाउदै आएको छ ।