बालकोटस्थित आफ्नै निवास फर्किए निवर्तमान प्रधानमन्त्री ओली — OSNepal

बालकोटस्थित आफ्नै निवास फर्किए निवर्तमान प्रधानमन्त्री ओली

LC (KTM) July 14, 2021 0

काठमाडौँ, ३० असार – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फकर्नुभएको छ ।सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर