आजलाई होइन भोलीलाई १० वर्ष ओलीलाई भन्दै सरकारी निवासबाट ओली बालकोट प्रस्थान — OSNepal

आजलाई होइन भोलीलाई १० वर्ष ओलीलाई भन्दै सरकारी निवासबाट ओली बालकोट प्रस्थान

LC (KTM) July 14, 2021 0

काठमाडौं ३० असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजबाट सरकारी निवास बालुवाटार छाडेका छन् ।

हजारौँ समर्थकहरुको भीड लागेको बालुवाटारबाट ओली आफ्नो निजि निवास बालकोट प्रस्तान गरेका हुन् । हजारौं चार पांग्रे तथा दुई पांग्रे सवारी सहित ओलीलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट स्कर्टिङ बालकोट पुर्याइएको छ ।

बालकोटमा पनि ओलीको स्वागत गर्नको लागि हजारौं समर्थकहरुको भीड लागेको छ । सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवाको नाममा परमादेश जारी गरेपछि पदमुक्त भएका ओली सरकारी निवास छाड्दै आफ्नो निवास बालकोट पुगेका हुन् ।

स्वागतको क्रममा उनको समर्थकहरुले आजलाई होइन भोलीलाई १० वर्ष अ‍ोलीलाई भन्दै नारा लगाउँदै स्वागत गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर