परराष्ट्रमन्त्री साउदद्वारा सञ्चारकर्मी सुमन सापकोटासहित ७ जना सम्मानित — OSNepal

परराष्ट्रमन्त्री साउदद्वारा सञ्चारकर्मी सुमन सापकोटासहित ७ जना सम्मानित

LC (KTM) April 23, 2023 0

काठमाडौं, १० वैशाख । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड – २०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप नेपालले काठमाडौंमा शनिबार गरेको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड– २०७९ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारकर्मीहरु सुमन सापकोटा, हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई  ‘गीत/संगीत कला पत्रकारिता सम्मान  – २०७९’ बाट सम्मान गरेका हुन् । उनीहरुलाई दोसल्ला, माला र सम्मानपत्रबाट सम्मानिनत गरिएको हो ।

लामो समयदेखि निष्ठा र समर्पणभावका साथ मनोरञ्जन पत्रकारितामार्फत सञ्चार क्षेत्रबाट देशको भाषा संस्कृति कलाको उत्थान तथा समाज तथा आमपाठकसमक्ष समर्पित रहँदै आएको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजक विमेन्स एरा मिडिया ग्रुप नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर